Lucky-Khabar_

वीरगञ्जमा कैदीको मृत्यु भएपछि आफन्तहरूद्वारा प्रदर्शन

२७ साउन, काठमाडौं ।वीरगञ्जमा कैदीको मृत्यु भएपछि आफन्तहरूद्वारा प्रदर्शन भएको छ|पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।

content ad p2

नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।

एसपी मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भयो’, एसपी मिश्रले अनलाइनखबरसँग भने ।

प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको बताएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर