Lucky-Khabar_

वीरगञ्जमा कैदीको मृत्यु भएपछि आफन्तहरूद्वारा प्रदर्शन

२७ साउन, काठमाडौं ।वीरगञ्जमा कैदीको मृत्यु भएपछि आफन्तहरूद्वारा प्रदर्शन भएको छ|पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा एक कैदीको मृत्यु भएपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन् । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका हुन् ।

content ad p2

नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन शुरू गरेका छन् । अहिले आफन्तसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।

एसपी मिश्रका अनुसार उनी मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । ‘बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन् । उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भयो’, एसपी मिश्रले अनलाइनखबरसँग भने ।

प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको बताएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर