Lucky-Khabar_

नागढुंगामा भएको सुरुङमार्ग भएर यात्रा गर्दा लाग्ने शुल्क सरकारले तोके

२९साउन्, काठमाडौं | सिंहदरबारमा बिहीबार साउन २६ गते बसको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको लागि नागढुंगामा भएको सुरुङमार्ग भएर यात्रा गर्दा लाग्ने शुल्क सरकारले तोकेको छ |

बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । जसअनुसार नागढुङ्गा सुरुङमार्ग हुँदै कार/भ्यान काठमाडौं आउदा रु ६५ र जाँदा रु ६०, मिनीबस/मिनी ट्रक काठमाडौं आउदा रु ११५ र जाँदा रु ८० रुपैया, ठूला बस र ट्रक काठमाडौं आउदा रु २ सय ६० र जाँदा रु २ सय तथा भारी उपकरण काठमाडौं आउदा रु ६ सय रुपैयाँ र जाँदा रु २ सय ५० रुपैया दस्तुर लाग्ने प्रवक्ता गुरुङले बताए।

content ad p2


त्यस्तै मन्त्रिपरिषद्का निर्णय अनुसार सरकारले वर्षे धानको पनि न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मोटा धानको प्रति क्विन्टल रु ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल रु ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनमत समर्थन मूल्य तोक्ने निर्णय भएको जानकारी दिए ।

बैठकले दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार बिकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा रमेश प्रसाद चौलागाईलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) नीति, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर