२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।

आज काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।
दुवै अध्यक्षले कार्यगत एकताको घोषणामा हस्ताक्षर गरेका छन् ।राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए भने महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका थिए ।





