१भाद्र,वीरगञ्ज।बिरगंजमा प्रतिक दैनिकको ३९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।बिरगंजबाट प्रकाशन हुँदै आएको प्रतिक दैनिकले आफ्नो ३९ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ।

आइतबार वीरगञ्ज महानगरपालिका–१५पर्सा स्थित ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा सम्पन्न कार्यक्रममा विभिन्न संचारमाध्यमसँग आबद्ध व्यक्तित्वहरू, कर्मचारी तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थितिमा कार्यक्रम भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिहरूमा जिल्ला प्रशासन कार्यालयका प्रमुख गनेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, मधेश विश्व विद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेको थियो।
कार्यक्रमको अध्यक्षता‘प्रतिक प्रकाशन समूह’की अध्यक्ष बिन्दु शर्माले गर्नु भएको थियो।‘प्रतिक दैनिक’ले ३८ वर्ष पूरा गरी ३९ औं वर्षमा प्रवेशको उपलक्ष्यमा यस वर्ष विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
सुबोध स्मृति पुरस्कार अन्नपूर्ण पोस्टका संचारकर्मी क्रान्ति शाहलाई नगद रु. ५१,००० सहित सम्मानपत्र प्रदान।नेपाल पत्रकार महासंघ वीरगञ्जका अध्यक्ष ओम प्रकाश खनाललाई नगद रु. १५,००० सहित सम्मानपत्र।आन्नत लालदासलाई नगद सहित सम्मानपत्र।सुर्यानारायण बिकलाई पनि नगद रु. १५,०००,अरु पत्रकारहरुलाई सम्मानपत्र सहित पुरस्कृत गरिएको थियो।

उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, राष्ट्रिय समाचार समितिका हिमाल लम्साललगायत विभिन्न सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम समारोहमा प्रतिक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले शुभकामना मन्तव्य दिँदै विगतदेखि हालसम्म निरन्तर सहयोग गर्ने पाठक, विज्ञापनदाता, सञ्चारकर्मी र कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ पाठक–मैत्री र गुणस्तरीय सामग्री प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे।


