२ भदौ,काठमाडौं । मुम्बईमा भारी वर्षापछि रेड अलर्ट जारी, स्कूल र कलेजहरू बन्द गरिएको छ | भारतीय मौसम विज्ञान विभागले सोमबार मुम्बई र वरपरका क्षेत्रमा भारी वर्षाको चेतावनी (रेड अलर्ट) जारी गरेको छ। लगातार तीन दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पानी जमेको र सडक यातायात प्रभावित बनेको छ।

भारी वर्षाको खतरा बढेपछि बृहन्मुम्बई महानगरपालिकाले (बीएमसी) सबै विद्यालय तथा कलेजहरू बन्द गर्ने निर्णय गरेको छ। साथै, बीएमसीले स्थानीय नागरिकलाई आवश्यक नभएसम्म घर बाहिर ननिस्कन अपील गरेको छ।
भारतको
आईएमडीका तथ्याङ्क अनुसार, सोमबार बिहान ८ः३० देखि ११ः३० बजेसम्म मुम्बईका थुप्रै क्षेत्रमा तीव्र वर्षा भएको छ। मौसमविद्हरूले आगामी केही दिन थप वर्षाको संभावना रहेको जानकारी दिएका छन्।
यसअघि देखिएको अविरल वर्षाले जनजीवन प्रभावित भएका कारण सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ। स्थानीय प्रशासनले आवश्यक परेमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिने जनाएको छ।


