वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच संसद् विघटनको विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ ।

राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् तर उनले संसद् विघटन प्रधानमन्त्रीको सिफारिसमै सम्भव हुने अडान दोहोर्याएका छन् । कार्की भने पहिले संसद् विघटन गरेर मात्र पद लिन तयार भएकी छन् ।

यो विवादका कारण नयाँ सरकार गठन ढिलाइ भएको छ भने, कार्की नेतृत्वमा बन्ने सम्भावित सरकारको कार्यसूचीमा छिटो निर्वाचन, जेनजी आन्दोलनका घटनाको छानबिन र भ्रष्टाचारविरुद्ध कदम प्राथमिकतामा रहने जनाइएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलले पनि शीघ्र प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् । राजनीतिक तथा संवैधानिक अन्योलबीच मुलुकको नयाँ नेतृत्व अझै अनिश्चित बनेको छ ।


