रौतहट ।चट्याङ लागेर रौतहटको कटहरिया नगरपालिकामा दुई जना किशोरको ज्यान गएको छ।

शनिबार साँझ करिब ६ बजे अविरल वर्षा सँगै चट्याङ पर्दा वडा नं. २ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले दुवै जनाको मृत्यु भएको पुष्टि गरेका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार, मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


