Lucky-Khabar_

संसद तत्काल फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ ओलीको भनाई

काठमाडौं |संसद तत्काल फिर्ता गराउन एमाले लाग्छ, कांग्रेस पनि अगाडि बढ्नुपर्छ ओलीको भनाई रहेको छ| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले पनि यहि बाटोमा लाग्नुपर्ने बताएका हुन्।

content ad p2

‘देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन। मैले विश्वास लिएको छु कांग्रेस पनि यहि बाटोमा अगाडि बढाउने छ। एमाले यहि बाटोमा अगाडि बढ्नेछ। अन्य पार्टी पनि लाग्नेछन्।’ओलीले ‘ अर्को बाटो छैन। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने। असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बाद हुन्छ। पछि ढिला भएछ भनेर पछुतो मान्छन्’ उनले भने।

ओलीले अहिले सरकार राजनीतिक दललाई दमन गर्न खोजिरहेको दाबी गरे।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर