Lucky-Khabar_

अनेरास्ववियु पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो, हरि खेतान क्याम्पसमा तत्काल शैक्षिक गतिविधि सञ्चालन गर्न माग

वीरगंज।नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साले हरि खेतान बहुमुखी क्याम्पसमा पठनपाठन अवरुद्ध भएको भन्दै तत्काल शैक्षिक गतिविधि सुचारू गर्न माग गरेको छ। सोही मागसहित अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो।

content ad p2

अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमदका अनुसार, जिल्ला कमिटी पर्साका अध्यक्ष सुजित मण्डलको हस्ताक्षर रहेको ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारी सुवेदीलाई बुझाइएको हो।

ज्ञापनपत्रमा वीरगंजको आदर्शनगरस्थित हरि खेतान बहुमुखी क्याम्पसमा देखिएको आन्तरिक विवादका कारण पठनपाठन प्रभावित भएको उल्लेख गर्दै, तत्काल शैक्षिक सत्र सुचारू गराउन माग गरिएको छ।

विद्यार्थी संगठनले क्याम्पस सञ्चालक समितिभित्रको विवादले विद्यार्थीको अध्ययन रोक्नु “निन्दनीय कार्य” भएको जनाउँदै, सामुदायिक क्याम्पसलाई निजीकरण गर्ने प्रयास तुरुन्त रोक्न आग्रह गरेको छ। साथै, खेतान परिवारले क्याम्पसको सम्पत्ति र आम्दानी हडप्ने मनसायसहित विवाद सिर्जना गरेको आरोप समेत लगाइएको छ।

ज्ञापनपत्रमा भनिएको छ,

“सामुदायिक क्याम्पसलाई निजीकरण गर्ने दिवा सपना त्यागी, आन्तरिक विवाद अन्त्य गरी युवाहरूको विरोध सुरु हुनु अगावै क्याम्पस सुचारू गराउन क्याम्पस प्रशासनले पहल गर्नुपर्छ।”

ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सहसचिव आमान अन्सारी, अनिल हजरा लगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर