वीरगंज । पर्सा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेका करिब बाह्र लाख रुपैयाँ बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

पर्साका विभिन्न क्षेत्रमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा अन्दाजी १२ लाख रुपैया बराबरका पटाका नियन्त्रणमा लिएका प्रहरीले बताए । ती पटाकाहरूलाई स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले उक्त कारवाही सार्वजनिक सुरक्षाको दृष्टिले महत्वपूर्ण रहेको बताउँदै अवैध पटाकाको प्रयोग तथा बिक्री वितरणमा कडाइ गरिएको जानकारी दिए ।



