Lucky-Khabar_

बाणिज्य बैंकमा लुटपाट हुदा १८ किलो सुन बेपत्ता, ग्राहकलाई बीमा मार्फत क्षतिपूर्ति दिने तयारी

काठमाडौँ । गत भदौ २४ गते ‘जेनजी विद्रोह’ का क्रममा बानेश्वरस्थित संसद भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट लुटिएको करिब १८ किलो सुन र ठूलो मात्राको नगद अझैसम्म फेला पर्न सकेको छैन ।

content ad p2

लामो समयसम्म सुन फेला नपरेका कारण ग्राहकहरूले दबाब दिएपछि उनीहरूको सुनको मूल्य अनुसार क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाइएको हो । उक्त घटनामा ३८ करोड रुपैयाँभन्दा बढीको नगद तथा गरगहना लुटपाट भएकोमा हालसम्म जम्मा ३२ लाख बराबरको नगद र सामान मात्रै प्रहरीले बरामद गर्न सफल भएको छ ।

त्यस्तै, बैंकले ग्राहकले लकरमा राखेका गरगहनाको बीमा गराएको हुनाले, ग्राहकलाई क्षतिपूर्ति तिरे पनि त्यो रकम बीमा कम्पनीले बेहोर्ने र बैंकलाई कुनै ठूलो घाटा नहुने बताइएको छ । क्षतिको अन्तिम मूल्याङ्कनका लागि बीमा कम्पनीहरूसँग प्रक्रिया अगाडि बढाइएको छ ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर