बारा |पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्ड जंगली हात्तीको आतंकले त्रसित बनेको छ।

आइतबार बेलुकीदेखि जितपुरसिमरा उपमहानगरपालिका–१६ क्षेत्रमा देखिएको हात्तीले सोमबार बिहान एक ट्रक चालकको ज्यान लिएको हो।ना ४ ख १८३० नम्बरको ट्रकका चालक, जितपुरसिमरा–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरीलाई हात्तीले आक्रमण गरेको बारा प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब ८ बजे ट्रक चलाइरहेका चौधरी हात्ती देखेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।प्रशासनले बेलुकादेखि नै हात्तीको गतिविधि बढेपछि सवारी चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो। तर, केही चालकले अटेर गर्दा यो दुःखद घटना भएको प्रहरीले जनाएको छ।
download

पथलैया–निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्रबीच हात्तीले आतंक मच्चाएको थियो।राजमार्ग क्षेत्रमा हात्ती नियन्त्रणका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको थियो। धपाउने प्रयासपछि सोमबार दिउँसो करिब १२:३० बजेबाट मात्र उक्त सडकखण्डमा सवारी आवागमन पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।


