Lucky-Khabar_

सरकारी कर्मचारीको जयसवालको करोडौंको कारवार

वीरगंज ।स्वास्थ्य चौकी बिरगंज -१४पर्सा प्रमुखको भूमिका रहेका सचिदानन्द प्र.जयसवाल स्थानीय तहमा औषधी र सर्जिकल आइटम सप्लाई गर्ने ठूला व्यवसायी भएको पोल खुलेको छ।वहा मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका पदाधिकारी समेत रहेका हुन।

content ad p2

बारा र रौतहट जिल्लाका स्थानीय तहमा एकलौटी रुपमा तथा पर्सा जिल्लाका अधिकांश स्थानीय तहमा जयसवालकै औषधी तथा सर्जिकल आइटम सप्लाई हुने गरेको छ।


छोटो अवधिमा अकूत सम्पत्ति जोडेका जयसवालले औषधीमा ५० प्रतिशत र सर्जिकल आइटममा ४० प्रतिशत कमिसन लिने/दिने गरेको स्रोतले जनाएको छ। साँविक मूल्यभन्दा डेढ सय प्रतिशत बढी मूल्य थपेर जयसवाल फार्मेसी, अमर सर्जिको ट्रेडर्स र सन्नी फार्मेसीको नाममा बिल सचिदानन्द प्रसाद जयसवालले पेस गर्ने गरेको बताइएको छ।

रौतहट र वीरगंजमा विभिन्न ठाउँमा घर–घडेरी जोड्दै आएका जायसवालसँग नगद मात्र पनि १० करोडभन्दा बढी रहेको चर्चा छ। यस्ता भ्रष्ट कर्मचारीको आवरणमा रहेका व्यवसायीलाई जेनजीको बलमा बनेको सरकारले कारबाही गर्न आवश्यक रहेको एक कर्मचारीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै बताएका छन।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर