Lucky-Khabar_

काठमाण्डौ गोर्खाजको एनपीएलमा विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

काठमाडौं ।काठमाडौँ गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

content ad p2

काठमाडौँका बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले भने आकाश त्रिपाठीले ३९ तथा मिलिन्द कुमारले १९ रन जोडे। बलिङतर्फ ललित राजवंशी, निकोल लोफ्टी इटन, सञ्जय कृष्णमूर्ति, किशोर महतो र अनिल साहले समान एक–एक विकेट लिएका थिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका आसिफ शेखले ५४ रनको उत्कृष्ट पारी खेले भने मयन यादव ३४ रनमा अविजित रहे। काठमाडौँका मिलिन्द कुमारले ३ विकेट लिए।

त्यस्तै आजदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ गते हुने छ। प्रतियोगितामा जनकपुर र काठमाडौँसहित विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी जम्मा आठ टोली सहभागी छन्।

प्रतियोगिताका नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार ३२ मध्ये २३ खेल राति फ्लडलाइटमा हुनेछ। कीर्तिपुर रङ्गशालामा यसपटक १० हजार दर्शक अट्न सक्ने प्यारापिट निर्माण गरिएको पनि क्यानले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले ५१ लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ।

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

किन ट्रेन्डिङमा छन् युट्युबका ‘मुख्य समाचार’? यस्तो छ भ्यूज र भाइरल भिडियोको भित्री रहस्य।

लक्की खबर

नयाँ सरकारका निर्णयमाथि भर्चुअल दुनियाँमा महासंग्राम: तात्तातो बहसले ततायो इन्टरनेट

लक्की खबर