Lucky-Khabar_

निर्वाचित पालिका अध्यक्षको घर आफ्नै पार्टीबाट जलाउने पक्राउ

पूर्वी नवलपरासी (नवलपुर) मा जेनजी आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घरमा आगजनी गरेको आरोपमा नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय अध्यक्ष अमित गिरीसहित चार जना पक्राउ परेका छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन नेपालका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जनप्रतिनिधि पाण्डेलगायतले दर्ता गराएको किटानी जाहेरीका आधारमा समातिएको हो। उनीहरूले हालै पाण्डेको घरमा आगजनी गरेको प्रमाण फेला परेको प्रहरीले बताएको छ।

यस घटना सँगै तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको संख्या ११ पुगेको छ। यसअघि हुप्सेकोट प्रहरी चौकीमा आगजनी गरेको मुद्दामा पक्राउ परेका सात जनाको अदालतले म्याद थपी अनुसन्धान भइरहेको डीएसपी नेपालले जानकारी दिए।


कावासोती–८ का अमित गिरीले भदौ २४ गते सामाजिक सञ्जालमार्फत आफूले संगठन परित्याग गरेको उल्लेख गरेका थिए। तर त्यसअघि उनी तरुण दल प्रदेश सभा ‘ख’ का क्षेत्रीय अध्यक्ष रहेको तरुण दल नवलपुरका जिल्ला अध्यक्ष राजन सुवेदीले बताएका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर