विवेक पटेल
रौतहट|परोहा नगरपालिका-६रौतहट स्थित श्री अन्होती लाल माध्यमिक विद्यालय कोठामा रक्सीको बोतलहरु फेला परेको छ | बसन्तपट्टी क्षेत्र–२ आउदो फागुनमा सांसद उम्मेदवार सागर राज गुप्ताले परोहा नगरपालिका अन्तर्गत पर्ने सो विद्यालय बसन्तपट्टीमा स्थलगत अनुगमन गर्दा शिक्षा क्षेत्रको दुर्गति देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

अनुगमनका क्रममा विद्यालयको पुस्तकालयमै दारु (कस्तुरी) का बोतलहरू फेला परेको, त्यही कोठामा नास्ताका फालिएका डिब्बाहरू थुप्रिएको तथा कम्प्युटर ल्याब सम्पूर्ण रूपमा धूलोले ढाकिएको अवस्थामा भेटिएको गुप्ताले बताए।
यसबाहेक, शौचालयको ढोका भाँचिएको, विद्यार्थी बहिनीहरूले स्यानिटरी प्याडको अभाव तथा नियमित वितरण नहुने गुनासो गरेको पनि उनले जानकारी दिए।

बिदालय मन्दिर जस्तो पवित्र ठाउमा यस्तो कार्य फेला पर्दा पढ़ईको आशा गर्ने देखिएन भने आम जनताको भनाई छ | त्यस्तै अहिले त सरकारी बिदालयहरुमा धेरै जसो शिक्षक जति कुनै न कुनै राजनैतिक दलको पहुचवाला मात्र हुन्छ र बिधार्थी जति गरिबहरुको हुन्छ त्यसले गर्दा पनि सरोकारवालाको सरकारी बिदालयको पढाई प्रति ध्यान न जानु स्वभाविक हो देखिन्छ |

त्यसै गरि परोहा नगरपालिका -८नरकटियामा पनि दलित र गरिबको नाममा खुलेको नया बिदालयमा पावर र पैसाको भरमा आफुलाई समाजसेवक भन्नेहरुले आफ्नो भाई वा श्रीमतीलाई पालिकाद्वारा नियुक्ति चाहि स्कुलमा अर्कैको र पढाइ चाहि गराउने अर्कैले गराउने गरेको गुनासो गरेको खबर आएकोमा सरोकारवालाको ध्यान जाओस भनि स्थानीयको आशा छ |
त्यसैले गुप्ता अनुसार विद्यालय व्यवस्थापन र नगरपालिकाले तत्काल सुधारात्मक कदम चाल्नुपर्ने माग गरेका छन्।


