काठमाडौं |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा एउटै दलको रूपमा सहभागी हुने सहमतिमा पुगेका छन्।

सोमबार उर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटवार्तापछि उनीहरू एउटै दलबाट निर्वाचनमा जाने निष्कर्षमा पुगेको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए।
स्रोतका अनुसार समानुपातिकतर्फको बन्द सूची बुझाइसकेपछि तीनै जना एकताबद्ध भएर अघि बढ्ने सहमति भएको हो। गुरुङले भने, “हाम्रो राष्ट्र, हाम्रो भविष्य र देशका लागि हामीले मिलेर अघि बढ्ने निर्णय गरेका हौं। इतिहासले यो क्षणलाई सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।”
सोमबार दिउँसो कुलमान घिसिङलाई अलग नराख्नुपर्ने माग गर्दै गुरुङ रास्वपाको कार्यालय पुगेका थिए। सहमतिको औपचारिक ड्राफ्ट केही समयमै सार्वजनिक गरिने बताइएको छ।कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।


