Lucky-Khabar_

सुन महँगियो, चाँदी सस्तो

काठमाडौं | शुक्रबार सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिन बिहीबार २ हजार रुपैयाँले घटेको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यता, सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर