काठमाडौं | संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणपछि इरानमा मृत्यु हुनेको संख्या ७८७ पुगेको जनाइएको छ। इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार शनिबारदेखि सुरु भएको आक्रमणमा परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

अमेरिकामा आधारित मानवअधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (एचआरएएनए)’ले भने ७४२ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ। तीमध्ये १७६ जना बालबालिका रहेको उल्लेख गरिएको छ।
यसैबीच, इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य फातेमा मोहम्मदबेइगीले सोमबार नौ वटा अस्पताललाई लक्षित गरी आक्रमण गरिएको आरोप लगाएकी छन्। उनले अस्पतालजस्ता संवेदनशील संरचनामाथि आक्रमण भएको दाबी गर्दै अमेरिका र इजरायलको कडा आलोचना गरेकी छन्।


