Lucky-Khabar_

रास्वपाको सम्भावित मन्त्रिपरिषद् सूची सार्वजनिक, बालेन्द्र शाह प्रधानमन्त्रीमा प्रस्ताव

बिरगंज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा गठन हुन सक्ने सम्भावित मन्त्रिपरिषद्को सूची सार्वजनिक भएको छ। सार्वजनिक भएको प्रस्तावित सूचीअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ।

content ad p2

सूचीअनुसार डोलप्रसाद अर्याललाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी दिइने प्रस्ताव गरिएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका रूपमा दिने तयारी गरिएको बताइएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोषिमा कार्कीलाई दिने प्रस्ताव गरिएको छ। सामान्य प्रशासन मन्त्रालयमा बिपिन आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सागर ढकाल, तथा शिक्षा मन्त्रालयमा मनिष झालाई जिम्मेवारी दिने चर्चा भएको छ।

कानुन मन्त्रालयमा सबिता गौतम, कृषि मन्त्रालयमा हरि ढकाल, श्रम मन्त्रालयमा यज्ञमणि न्यौपाने तथा सहरी विकास मन्त्रालयमा केपी खनाललाई मन्त्री बनाउने प्रस्ताव गरिएको छ। रक्षा मन्त्रालयको जिम्मेवारी राजुनाथ पाण्डेलाई दिने सूचीमा उल्लेख छ।

यसैगरी भूमिसुधार मन्त्रालयमा अमरेश कुमार सिंह, वन तथा वातावरण मन्त्रालयमा शुलभ खरेल, युवा तथा खेलकुद मन्त्रालयमा पुकार बम, खानेपानी मन्त्रालयमा सुदन गुरुङ तथा सूचना तथा सञ्चार मन्त्रालयमा राजीव खत्रीलाई जिम्मेवारी दिने सम्भावित सूचीमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी तारा प्रसाद जोशी (डडेलधुरा) लाई दिने प्रस्ताव गरिएको छ।

यद्यपि, यो सूची आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। राजनीतिक वृत्तमा चर्चा भइरहेको सम्भावित मन्त्रिपरिषद्को रूपमा मात्र यसलाई हेरिएको छ। रास्वपा नेतृत्वले औपचारिक रूपमा मन्त्रिपरिषद् गठनबारे कुनै अन्तिम निर्णय सार्वजनिक गरेको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ अनुहार र प्राविधिक क्षमतामा आधारित व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने प्रयास भइरहेको चर्चा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर