Lucky-Khabar_

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो

काठमाडौं ।केपी शर्मा ओली र रमेश लेखक विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सोमबार सर्वोच्च अदालत मा सम्पन्न भएको छ।

केही समयदेखि चर्चामा रहेको उक्त मुद्दामा दुवै पक्षका कानुन व्यवसायीहरूले आफ्ना तर्क र प्रमाण पेश गरेपछि बहस प्रक्रिया टुंगिएको हो। देशका शीर्ष राजनीतिक नेताहरू संलग्न रहेको कारण यो मुद्दा राजनीतिक तथा न्यायिक वृत्तमा विशेष चासोको विषय बनेको छ।

content ad p2

अब सुनुवाइ सकिएसँगै अदालतले निर्णय सुनाउने तयारी थालेको छ। व्यक्तिगत स्वतन्त्रतासँग प्रत्यक्ष सम्बन्ध राख्ने बन्दीप्रत्यक्षीकरण रिटमा आउने फैसला वर्तमान राजनीतिक अवस्था र भविष्यका कानुनी नजिरमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

अब सर्वोच्च अदालतको अन्तिम आदेशले नै दुवै नेताको कानुनी अवस्थाबारे स्पष्टता दिनेछ।

सम्बन्धित खबर

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर