Lucky-Khabar_

रास्वपाको जनकपुरमा सांसद अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न

सिराहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिको आयोजनामा “सांसद अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दा.नन्दन यादव विशेष उपस्तिथि , प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू, सक्रिय कार्यकर्ताहरू तथा पार्टीबाट निर्वाचित माननीय सांसदहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

सिराहा–०४ का माननीय तथा मधेश प्रदेश सभापति ई.तपेश्वर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी कार्ययोजनाबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा सहभागी सांसदहरूले आफ्नो अनुभव, चुनौती तथा जनअपेक्षाबारे धारणा राख्दै प्रभावकारी समन्वयमार्फत जनसेवा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले पार्टीभित्र आपसी समझदारी, सहकार्य र संगठनात्मक एकता मजबुत बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ। साथै, यस्ता अन्तरक्रिया कार्यक्रमले जनप्रतिनिधि र कार्यकर्ताबीच प्रत्यक्ष संवाद बढाउँदै पार्टीलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू तथा माननीय सांसदहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर