Lucky-Khabar_

वीरगञ्ज–१६ मा महिला हिंसा विरुद्ध दोस्रो दिन पनि जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ को सहयोग तथा झरिमाई महिला विकास समाज वीरगञ्जको आयोजनामा महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम दोस्रो दिन पनि सम्पन्न भएको छ ।

content ad p2

वीरगञ्ज महानगरपालिका–१६ स्थित मिथिला टोल मन्दिर टोलमा आयोजित कार्यक्रममा महिला विकास समाजकी उपाध्यक्ष तथा महिला अधिकारकर्मी गिनी मिश्राले प्रशिक्षकको भूमिका निर्वाह गर्दै महिलाले जहाँ रहे पनि आफ्ना समस्या र अधिकारका विषयमा खुलेर बोल्नुपर्ने बताइन् । उनले महिलाले आफ्नो कुरा निडरतापूर्वक राख्दा मात्र कर्तव्य र अधिकार दुवै सुनिश्चित हुने धारणा व्यक्त गरिन् ।

त्यस्तै, झरिमाई महिला विकास समाजका संस्थापक एवं संरक्षक राम आर्यले घरपरिवार र समाजमा छोरा–छोरीबीच समान व्यवहार आवश्यक रहेको बताए । उनले छोरीलाई पनि सम्मान र शिक्षा प्रदान गर्दै अगाडि बढाउन सके समाजमा महिलाको हक अधिकार सुरक्षित हुने उल्लेख गरे ।

कार्यक्रममा वडा प्रतिनिधि रिता देवीसहित ८५ जना दिदीबहिनीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ई. पुरुषोत्तम मिश्राले गरेका थिए ।

सम्बन्धित खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर