Lucky-Khabar_

रौतहटको परोहामा रास्वपाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा सरोज कुशवाहा चयन

रौतहट, १९ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन रौतहटको परोहा नगरपालिकामा भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनबाट सरोज कुशवाहाको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

नवगठित समितिको उपसभापतिमा मोहम्मद फिरोज अख्तरसचिवमा राम पुकार पटेल चुनिनुभएको छ।

कार्यक्रममा नेताहरूको सम्बोधन

अधिवेशनको उद्घाटन तथा विशेष कार्यक्रममा रास्वपाका केन्द्रीय तथा प्रादेशिक नेताहरूले पार्टीको नीति र भावी योजनाबारे प्रकाश पार्नुभयो।

  • मुख्य अतिथि तथा मधेश प्रदेश प्रवक्ता रंजित राम: पार्टीको संगठन विस्तार र मधेशमा रास्वपाको आवश्यकतामाथि जोड दिनुभयो।

  • प्रदेश यातायात विभागीय प्रमुख राम आर्य: “रास्वपा नेतृत्वको सरकारले देश र जनताको हितमा उत्कृष्ट कार्य गर्ने र सुशासन कायम गर्ने” विश्वास व्यक्त गर्नुभयो।

  • प्रदेश सल्लाहकार दिनेश यादव तथा जिल्ला सभापति प्रदिप साह: कार्यक्रममा आ–आफ्नो मन्तव्य राख्दै पार्टीको विचार, सिद्धान्त र संगठनलाई तल्लो तहसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो।

व्यापक उपस्थिति

कार्यक्रममा रास्वपाका रौतहट जिल्ला उपसभापति उपेन्द्र यादव, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति विवेक पटेल, परोहा नगरपालिकाका सबै वडाका नगर प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्थानीय भद्रभलाद्मी तथा पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिले परोहा नगरभित्र रास्वपाको संगठनलाई थप बलियो र गतिशील बनाउने प्रतिबद्धता जनाएको छ।

content ad p2

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर