Lucky-Khabar_

रास्वपा कलैया उपमहानगर समिति सभापति चयनका लागि आज पुनः मतदान

वीरगञ्ज, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिका समिति सभापति चयनका लागि आज पुनः मतदान हुने भएको छ।

content ad p2

कलैया उपमहानगरपालिका–१ स्थित भरतचोकको देवकीलाल धर्मशालामा बेलुका ५ बजे मतदान कार्यक्रम तय गरिएको रास्वपाले जनाएको छ।

रास्वपा मधेश प्रदेशकी उपसभापति राधिका न्यौपाने का अनुसार नगर अधिवेशन सम्पन्न भए पनि सभापति पदका कुनै पनि उम्मेदवारले पार्टीको विधान तथा नगर अधिवेशन कार्यविधिअनुसार आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले पुनः निर्वाचन गर्न लागिएको हो।

उनले पुनः निर्वाचन सभापति पदका लागि मात्र हुने जानकारी दिँदै वडा सभापति, उपसभापति तथा सचिवहरूले मतदानमा सहभागी भई मताधिकार प्रयोग गर्ने बताइन्।
यसअघि जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमा शंकर रौनियार ले १२४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी बब्लु गिरि गोसाई ले ८३ मत, सुरेन्द्र शर्मा ले ६७ मत तथा अभिषेक पटेल ले २ मत प्राप्त गरेका थिए।

तर कुनै पनि उम्मेदवारले आवश्यक बहुमत अर्थात् ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सभापति चयन प्रक्रिया टुंगोमा पुग्न सकेको थिएन। सोही कारण आज पुनः मतदानमार्फत रास्वपा कलैया उपमहानगर समिति सभापतिको टुंगो लगाइने पार्टीले जनाएको छ।

सम्बन्धित खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर

थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लक्की खबर

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

लक्की खबर