Lucky-Khabar_

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्तबहादुर बोहरा

वीरगञ्ज । संघीय सरकारले सरुवा गरेर पठाएका सहसचिव बसन्तबहादुर बोहरा ले बिहीबारदेखि वीरगञ्ज महानगरपालिका को प्रमुख प्रशासकीय अधिकृतको रूपमा औपचारिक कार्यभार सम्हालेका छन्।

content ad p2

जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत कार्यरत बोहरालाई वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको थियो। निर्णय भएको १० दिनपछि उनी महानगर कार्यालय पुगेर कार्यभार ग्रहण गरेका हुन्।

वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र सरुवाको विषयलाई लिएर पछिल्ला केही महिनादेखि विवाद जारी थियो। यसअघि फागुन १२ गते तत्कालीन सरकारले रेशमलाल कँडेल लाई उक्त पदमा सरुवा गरेको थियो। तर महानगर प्रमुख राजेशमान सिंह ले महानगरको सहमति बिना गरिएको सरुवाप्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए।

विवादका बीच कँडेल वैशाख २८ गते रमाना लिएर महानगरमा हाजिर हुन पुगेका थिए। तर जेठ ५ गते बसेको जनप्रतिनिधिहरूको बैठकले उनलाई हाजिर हुन नदिने निर्णय गरेको थियो। बैठकले संघीय सरकारले जबर्जस्ती नियुक्ति गराउन खोजे महानगर कार्यालयमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने चेतावनीसमेत दिएको थियो।

यही विवादको बीच संघीय सरकारले नयाँ सरुवा निर्णय गर्दै बसन्तबहादुर बोहरालाई वीरगञ्ज महानगरपालिकामा पठाएको हो। उनको आगमनसँगै लामो समयदेखि जारी प्रशासनिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर