Lucky-Khabar_

२५ वर्षपछि कर्तव्य ज्यान रिना देविको मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगञ्ज, जेठ २४ – २५ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा संलग्न फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०५८ साल फागुन २६ गते तत्कालीन धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको हत्या प्रकरणमा संलग्न अभियुक्तलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घरायसी विवादका कारण रीना देवीको घाँटी थिचेर हत्या गरिएको थियो। घटनापछि फरार रहेका अभियुक्तलाई प्रहरी टोलीले सोमबार बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा तत्कालीन धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद चौहान रहेका छन्।

प्रहरीले कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेत ले लामो समयपछि अभियुक्त पक्राउ परेकाले घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

सम्बन्धित खबर

रौतहटको परोहा–८ नरकटियामा चोरी, अनुसन्धान सुरु

लक्की खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर