Lucky-Khabar_

रास्वपामा युवा नेता बिकेश राय थारू सहित रास्वपा प्रवेश, सांसद सुशील कुमार कानूद्वारा भव्य स्वागत

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय थारू पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन्। केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण अन्य राजनीतिक दलमा आबद्ध भएका थारू दर्जनौँ साथी–समर्थकसहित पुनः रास्वपामा फर्किएका हुन्।

content ad p2

रास्वपाको विचार, स्पष्ट सिद्धान्त र जनमुखी कार्यशैलीबाट आफू सधैं प्रभावित रहेको बताउँदै थारूले जनताको अपेक्षा पूरा गर्न सक्ने राजनीतिक शक्तिका रूपमा रास्वपालाई पुनः रोजेको बताएका छन्।

गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका वडा नम्बर १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थारू झिनो मतान्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेका थिए। उनी रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेताका रूपमा परिचित छन्।

सांसद कानूद्वारा औपचारिक स्वागत

पर्सागढीमा शनिबार आयोजित विशेष कार्यक्रमका बीच पर्सा क्षेत्र नम्बर २ का संघीय सांसद माननीय सुशील कुमार कानूले खादा र अबिर लगाएर थारूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए।

स्वागत समारोहलाई सम्बोधन गर्दै सांसद कानूले सक्षम र लोकप्रिय युवाहरूको पुनरागमनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनले भने, “सक्षम र जनतामाझ लोकप्रिय युवाहरू पार्टीमा फर्किँदा रास्वपाको संगठन पर्सामा अझ मजबुत हुने र यसले आगामी निर्वाचनमा सकारात्मक परिणाम दिने निश्चित छ।”

नेतृत्वको बाक्लो उपस्थिति

रास्वपा पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरवापसी कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा रास्वपा युवा नेता सुधीर पटेलको विशेष उपस्थिति रहेको थियो भने नेता बुद्धिराज पौडेल र जोखू मियाँको पनि सहभागिता रहेको थियो।

त्यसैगरी नगर उपसभापति सुनील रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मिनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिता देखिएको थियो।

संगठन विस्तारमा नयाँ ऊर्जा

युवा नेता बिकेश राय थारूको पुनरागमनसँगै पर्सागढी क्षेत्रमा रास्वपाको सांगठनिक पकड अझ बलियो बन्ने र विशेषगरी युवापुस्तामाझ पार्टीप्रति आकर्षण तथा नयाँ ऊर्जा थपिने विश्वास स्थानीय नेतृत्वले व्यक्त गरेको छ।

स्थानीय राजनीतिक वृत्तमा थारूको घरवापसीलाई आगामी निर्वाचनको तयारी र संगठन विस्तारका दृष्टिले रास्वपाका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

पर्सागढीमा ४५ करोडभन्दा बढी बजेट भित्र्याउन सांसद सुशील कुमार कानुको पहल

लक्की खबर

विचारशून्य राजनीतिले लोकतन्त्र कमजोर बनाइरहेको डा. सीके राउतको भनाई

लक्की खबर

आदर्शनगर जग्गा विवाद : मृत व्यक्तिको नाममा पत्र, बिचौलियाको प्रभावको आरोप र सुशासनमाथि २१ परिवारको प्रश्न

लक्की खबर