Lucky-Khabar_

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चयनपछि पदाधिकारीका लागि निर्वाचन सुरु

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि अब पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ।

content ad p2

पार्टीका प्रवक्ता मनिष झाका अनुसार निर्वाचन आयोगको तयारी पूरा भएपछि आज दिउँसो ४ बजेदेखि पदाधिकारी पदहरूको निर्वाचन सुरु हुने भएको हो।

यसअघि महाधिवेशनबाट रवि लामिछाने सभापतिमा तथा बालेन शाह वरिष्ठ नेतामा सर्वसम्मत चयन भइसकेका छन्।रास्वपाको विधानअनुसार अब २ उपसभापति,१ महामन्त्री,१ सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ।

पार्टीको १९ सदस्यीय पदाधिकारी संरचनाअन्तर्गत तीन उपसभापतिमध्ये एक, दुई महामन्त्रीमध्ये १ तथा १ सहमहामन्त्रीमध्ये २ जना मनोनीत गर्ने व्यवस्था रहेकाले बाँकी पदहरूमा चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा कुल ४,३११ प्रतिनिधिमध्ये २,९५९ जनाले मतदान गरेका थिए भने १,३५२ प्रतिनिधि अनुपस्थित रहेका थिए।रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी संगठनात्मक संरचना र राजनीतिक दिशा तय गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर