Lucky-Khabar_

साउदीको जेलमा रहेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

काठमाडौं | साउदी अरब सरकारले मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा त्यहाँका विभिन्न जेलमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई आममाफी दिने निर्णय गरेको छ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले उक्त मानवीय निर्णय गरेको हो। नेपाल सरकारका अनुसार आममाफीको निर्णयले नेपाल–साउदी अरबबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाएको छ।

content ad p2

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले यो निर्णयलाई दुई देशबीचको घनिष्ठ सम्बन्धको सकारात्मक उदाहरणका रूपमा उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार आममाफी पाएका ३३ जना नेपालीले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै नेपाल फर्कनेछन्।

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर

वीरगञ्जका Gen-Z युवाहरू राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान

लक्की खबर