Lucky-Khabar_

सांसद सुशील कानुको पहलपछि अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया सुरु

वीरगञ्ज | पर्साको पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी २९ वर्षीय राकेश कुमार पटेलको शव अस्ट्रेलियाबाट नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले संसद्मा विषय उठाएपछि प्रक्रिया अघि बढेको हो।

राकेश कुमार पटेल रोजगारीका सिलसिलामा अस्ट्रेलिया पुगेका थिए। उनी २०२२ चैत २० गते अस्ट्रेलियाको तास्मानियास्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। उनको मृत्युको कारणबारे हालसम्म विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई निधनको जानकारी गराएको थियो।

content ad p2

मृतकका पिता ब्रिजा राउत कुर्मीले छोराको शव स्वदेश ल्याइदिन पहल गरिदिन आग्रह गर्दै २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। तर करिब तीन महिना बित्दासमेत प्रक्रिया अघि नबढेपछि परिवार चिन्तित बनेको थियो।

यसबीच पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभाको बैठकमा यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले नेपाली नागरिकको शव सम्मानपूर्वक स्वदेश ल्याउन आवश्यक समन्वय र तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका थिए।

सांसद कानुले संसद्मा आवाज उठाएपछि अस्ट्रेलियामा रहेका नेपालीज मधेसी कमिनिटि मेलबर्न(अस्ट्रेलिया)का सदस्य ईनजिनियर आर्यन राउतको पहलमा सिड्नि (अस्ट्रेलिया)बस्दै आएका नेपाली एसोसियशन ओफ नेपाल तराई (A.N.T.A.)का पुर्व अध्यक्ष र RFM facility management का director रन्जित साह सक्रिय बनेका छन्। आवश्यक परे चन्दा संकलन गरेर भए पनि राकेश पटेलको शव नेपाल पठाउने तयारी गरिएको बताइएको छ।

सांसद कानुका अनुसार परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। संसद्मा विषय उठाइएपछि शव स्वदेश ल्याउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको उनले जानकारी दिएका छन्।

शव नेपाल ल्याउने प्रक्रिया सुरु भएपछि मृतकका परिवारजनले सांसद सुशील कुमार कानुप्रति आभार व्यक्त गरेका छन्। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेकामा उनीहरूले राहत महसुस गरेको बताएका छन्।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर