Lucky-Khabar_

३ वर्षीय बालक हत्या प्रकरणमा १५ वर्षीया किशोरी पक्राउ, दुर्घटना लुकाउन शव पोखरीमा फालेको स्वीकार

महोत्तरी । महोत्तरीमा तीन वर्षीय बालकको हत्या प्रकरणमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती किशोरीले दुर्घटनापछि घटना लुकाउने उद्देश्यले बालकको शव पोखरीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डाका ३ वर्षीय मनिषेश कुमार यादव साउन २२ गते साँझ घरबाहिर खेलिरहेका बेला बेपत्ता भएका थिए। उनको शव दुई दिनपछि साउन २४ गते साँझ गाउँकै एक पोखरीमा सिमेन्टको बोराभित्र फेला परेको थियो। शव फेला पर्दा बालकले लगाएका चाँदीका दुईवटा बाला समेत हराएको अवस्थामा थिए।

प्रहरीले अनुसन्धानका क्रममा शंकाको आधारमा १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक बयानमा उनले करिब ३० किलो मल बोकेको साइकल चलाइरहेका बेला बालकसँग ठक्कर लाग्दा उनी लडेका र त्यसपछि साइकलका दुवै चक्काले बालकको छातीमाथि चढ्दा मृत्यु भएको बताएकी छन्।

प्रहरीका अनुसार त्यसपछि घटना लुकाउने उद्देश्यले उनले बालकको शव सिमेन्टको बोराभित्र राखी करिब ३०० मिटर टाढा रहेको पोखरीमा फालेको स्वीकार गरेकी छन्।

अनुसन्धानका क्रममा बालकका हराएका चाँदीका दुईवटा बाला र घटनामा प्रयोग भएको साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर