Lucky-Khabar_

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

 

 

बिरगंज ।पकाहा मैनपुर गाउँपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानस्वरूप ल्यापटप वितरण गरेको छ।

content ad p2

गाउँपालिकाले उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरूको मेहनत, प्रतिभा र लगनशीलताको कदर गर्दै ल्यापटप प्रदान गरेको जनाएको छ। यस पहलले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा मिल्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।

गाउँपालिकाका अनुसार शिक्षाको गुणस्तर अभिवृद्धि, सूचना–प्रविधिमा पहुँच विस्तार तथा विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

यस अवसरमा गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। स्थानीयवासीले पनि शिक्षालाई प्राथमिकता दिँदै प्रतिभाको सम्मान गर्ने गाउँपालिकाको यस कदमलाई सकारात्मक र प्रेरणादायी पहलका रूपमा स्वागत गरेका छन्।

 

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर