Lucky-Khabar_

नारायणी अस्पतालमा एन्टिस्नेक भेनमको अभाव, आजै आपूर्ति हुने सांसद कानुको दाबी

वीरगञ्ज।नारायणी अस्पतालमा एन्टिस्नेक भेनमको अभाव, आजै आपूर्ति हुने सांसद कानुको दाबी । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा अत्यावश्यक ‘एन्टिस्नेक भेनम’ (Anti-Snake Venom) इन्जेक्सनको अभाव भएको जानकारी पाएपछि पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सासद सुशील शाह कानुले तत्काल स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी औषधि आपूर्तिको पहल गरेका छन्।

content ad p2

सांसद कानुका अनुसार मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत नारायणी अस्पतालमा एन्टिस्नेक भेनम पठाउने व्यवस्था मिलाइएको छ। इन्जेक्सन आज बेलुकी ५ बजेसम्म अस्पतालमा आइपुग्ने जानकारी प्राप्त भएको उनले बताएका छन्।

सर्पदंशका बिरामीको उपचारमा एन्टिस्नेक भेनम अत्यावश्यक हुने भएकाले यसको अभाव हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सांसदले बताएका छन्।

🩺 सर्पदंशको उपचारमा औषधिको अभाव नहोस् भन्ने विषयमा तत्काल पहल हुनु सकारात्मक कदम हो। अब अस्पतालमा औषधि समयमै आइपुग्छ कि पुग्दैन भन्ने विषयमा पनि निगरानी आवश्यक छ।

#NarayaniHospital #AntiSnakeVenom #Birgunj #Parsa #SnakeBite #News

सम्बन्धित खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel