Lucky-Khabar_

विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत नपाउने अवस्था देखिएपछि उनले सोमबार विश्वासको मतको प्रस्तावमाथिको प्रक्रिया अघि बढ्नुअघि नै राजीनामा घोषणा गरेका हुन्।

content ad p2

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बानियाँले आफ्नो करिब एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख काम तथा उपलब्धिबारे २८ बुँदामा प्रगति विवरण प्रस्तुत गरेका थिए।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था बनेपछि सोमबारका लागि विश्वासको मतसम्बन्धी बैठक बोलाइएको थियो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै देखिएपछि विश्वासको मत पाउने सम्भावना कमजोर बनेको थियो।

राजीनामा घोषणा गर्दै बानियाँले बदलिँदो राजनीतिक परिस्थितिका कारण पद छाड्नुपरेको बताए। उनको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

सम्बन्धित खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर