Lucky-Khabar_

भीमफेदी दुर्घटनामा घाइते न्यायाधीश डाँगीलाई थप उपचारका लागि काठमाडौं

काठमाडौँ । मकवानपुरको भीमफेदीमा मंगलबार बिहान भएको स्कारपियो दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।

दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडु र सवारी चालक छुनिलाल चौधरीलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।

प्रहरीका अनुसार भीमफेदी गाउँपालिका–६, जुरिखेलमा काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा तुलसीपुर–९ का ५७ वर्षीय न्यायाधीश गोकर्ण डाँगी, चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय रजिष्ट्रार तारादत्त बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर