Lucky-Khabar_

उपकार सेवा नेपालद्वारा ह्वीलचेयर पाएपछि हिरालालको दैनिकी सहज हुने अपेक्षा

वीरगञ्ज । उपकार सेवा नेपालले पूर्ण अपाङ्गता भएका बाराको कलैया उपमहानगरपालिका–२ निवासी हिरालाल राउत कुर्मीलाई ह्वीलचेयर सहयोग गरेको छ।

content ad p2

उपकार सेवा नेपालको पहल तथा क्विन ज्वेल्स प्रालिको सहकार्यमा कुर्मीलाई ह्वीलचेयर हस्तान्तरण गरिएको हो। घरबाहिर आवतजावत गर्न तथा हिँडडुल गर्न समेत कठिनाइ भइरहेको अवस्थाबारे जानकारी पाएपछि उनलाई सवारीसाधनको व्यवस्था गरी वीरगञ्ज ल्याएर ह्वीलचेयर प्रदान गरिएको संस्थाले जनाएको छ। सहयोगपछि उनलाई सम्मानपूर्वक घरसम्म पुर्‍याइएको थियो।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, ‘बारा अपडेट’ अनलाइनका पत्रकार प्रह्लाद चौरसियालगायत स्थानीयवासीको उपस्थिति थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिने यस्ता मानवीय सहयोगले उनीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। ह्वीलचेयर पाएपछि कुर्मीको आवतजावतमा सहजता आउने र दैनिक जीवनमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर