Lucky-Khabar_

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा पूर्वसंविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयाघात भएको छ।

content ad p2

हृदयाघात भएपछि अमात्यको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल खतरामुक्त रहेको छ।

थप उपचार तथा चिकित्सकीय निगरानीका लागि अमात्यलाई काठमाडौं लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

अमात्यले नेपाली कांग्रेस पर्साको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी पूर्वसंविधानसभा सदस्यसमेत हुन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर