वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा पूर्वसंविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयाघात भएको छ।

हृदयाघात भएपछि अमात्यको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल खतरामुक्त रहेको छ।
थप उपचार तथा चिकित्सकीय निगरानीका लागि अमात्यलाई काठमाडौं लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अमात्यले नेपाली कांग्रेस पर्साको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी पूर्वसंविधानसभा सदस्यसमेत हुन्।


