Lucky-Khabar_

रास्वपाको संगठन विभागमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभाग र जिम्मेवारी बाँडफाँट गर्दै संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनयन गरेको छ।

content ad p2

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ।

रास्वपाले अन्य विभागमा पनि नेताहरूलाई जिम्मेवारी तोकेको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।

पार्टीको संगठन विस्तार तथा विभागीय संरचनालाई थप व्यवस्थित गर्ने उद्देश्यसहित जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर