Lucky-Khabar_

रास्वपाको संगठन विभागमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न विभाग र जिम्मेवारी बाँडफाँट गर्दै संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनयन गरेको छ।

content ad p2

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ।

रास्वपाले अन्य विभागमा पनि नेताहरूलाई जिम्मेवारी तोकेको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।

पार्टीको संगठन विस्तार तथा विभागीय संरचनालाई थप व्यवस्थित गर्ने उद्देश्यसहित जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर