Lucky-Khabar_

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् ।

content ad p2

कार्कीको सचिवालयका अनुसार उनले राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा आफ्नो मासिक पेन्सनबापतको ७७ हजार रुपैयाँ जम्मा गरेकी हुन् ।

सहयोगसँगै पूर्वप्रधानमन्त्री कार्कीले प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सबै नागरिक तथा राजनीतिक दललाई एकजुट भएर प्रभावितको उद्धार तथा राहतमा जुट्न अपिल गरेकी छन् ।

उनले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय बासिन्दाको सक्रियता र समर्पणको प्रशंसा गर्दै आफ्नो सामर्थ्यअनुसार प्रभावित परिवारलाई सहयोग गर्न सबैलाई आह्वान गरेकी छन् ।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर