Lucky-Khabar_

भोटेकोशी बाढीपछि उद्धार कोषमा करिब ९ अर्ब ५० करोड सहायता संकलन

वीरगञ्ज । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सहायता संकलन भएको छ।

content ad p2

सरकारी ‘उद्धार अनुरोध पोर्टल’मा सार्वजनिक पछिल्लो विवरणअनुसार स्वैच्छिक सहायता तथा नयाँ प्रतिबद्धतासहित कोषमा उक्त रकम जुटेको हो। यो रकम २०७२ सालको विनाशकारी भूकम्पका बेला संकलन भएको स्वैच्छिक राहत रकमभन्दा पनि बढी रहेको जनाइएको छ।

कोषका विभिन्न बैंक खातामा ७ अर्ब ८९ करोड रुपैयाँ नगद, ६१ लाख ४० हजार अमेरिकी डलर तथा अन्य प्रतिबद्धतासहित सहायता जुटेको विवरणमा उल्लेख छ। संघीय सरकारी कर्मचारीको तलबबाट समेत करिब ३६ करोड रुपैयाँ संकलन हुँदैछ। विभिन्न प्रदेश सरकारले पनि बाढी प्रभावित क्षेत्रका लागि थप सहयोग गरिरहेका छन्।

सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका लागि १–१ करोड रुपैयाँ तथा धादिङका लागि ५० लाख रुपैयाँ नगद निकासा गरिसकेको छ।

२०७२ सालको भूकम्पका बेला सरकारको बजेटसमेत समेटेर कुल ६ अर्ब ७४ करोड ९१ लाख रुपैयाँ स्वैच्छिक नगद संकलन भएको थियो। यसपटक भने सरकारी रकमान्तरणबिनै दाता, वित्तीय संस्था, व्यवसायी तथा सर्वसाधारणको स्वैच्छिक योगदानबाट ठूलो रकम जुटेको जनाइएको छ।

विपद् व्यवस्थापनका जानकारहरूले नागरिकमा बढेको सचेतना, डिजिटल भुक्तानीको सहजता तथा राहत संकलनका लागि प्रयोग गरिएको डिजिटल प्रणालीका कारण यसपटक जनसहभागिता उल्लेख्य रूपमा बढेको बताएका छन्।

सरकारले संकलित रकमलाई बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माण र विस्थापित परिवारका लागि स्थायी आवास निर्माणमा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर