वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा अनिल सिंह सर्वसम्मत निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट सिंह सर्वसम्मत क्षेत्रीय सभापतिमा चयन भएका हुन्।
क्षेत्रीय सभापतिका लागि भएको आन्तरिक प्रक्रियामा अन्य उम्मेदवार नरहेपछि सिंह सर्वसम्मत निर्वाचित भएको जनाइएको छ |नवनिर्वाचित सभापति सिंहले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै संगठन विस्तारमा जोड दिने बताएका छन्।

सिंहको नेतृत्वमा संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा स्थानीय तहसम्म पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनेमा जोड दिइने कांग्रेसका नेता–कार्यकर्ताले बताएका छन्। सर्वसम्मत चयन भएपछि क्षेत्र नं. १ का कांग्रेस कार्यकर्ताले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।


