रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परोहा नगरपालिकाको नगर समितिको बैठक सम्पन्न भएको छ। बैठकमा नगरभित्र पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र बलियो बनाउने विषयमा छलफल गरिएको छ।

बैठकमा नगर सभापति सरोज कुमार कुशवाहा, उपसभापति मो. फिरोज अख्तर, सचिव रामपुकार पटेल, सह–सचिव राजेश कुमार साह तथा रास्वपा सिपाही ललन कुमार चौरसिया लगायत नगर समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकले परोहा नगरपालिकाका सबै वडामा संगठन विस्तारलाई प्राथमिकता दिँदै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ। साथै, जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै स्थानीयस्तरमा पार्टीको सक्रियता बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
यसैगरी, वडा दशैं तथा तिहारको अवसरमा नगरपालिकाका प्रत्येक वडामा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय जनताका समस्या, आवश्यकता र विकासका विषयमा सक्रिय रूपमा जोडिने प्रतिबद्धता व्यक्त गरेको छ।


