Lucky-Khabar_

इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेतासहित पाँच जनाविरुद्ध संगठित अपराधमा अनुसन्धान

काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासहित पाँच जनामाथि प्रहरीले संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको छ।

content ad p2

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले योजनाबद्ध रूपमा समूह बनाएर ठगी गरेको प्रारम्भिक तथ्य खुलेपछि आरोपितहरूमाथि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाएको हो।

यस प्रकरणमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीका अनुसार गिरोहले नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार केयरगिभरको परीक्षा उत्तीर्ण गरी रोजगारीको प्रक्रियामा रहेका युवायुवतीलाई निशाना बनाएको थियो। प्रधानमन्त्रीका सल्लाहकारसँग निकट सम्बन्ध रहेको भन्दै उनीहरूलाई प्रक्रिया छिटो र सहज गराइदिने आश्वासन दिएर रकम असुली गरिएको प्रहरीको दाबी छ।

सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले योजनाबद्ध रूपमा समूहगत सञ्जाल बनाएर ठगी गरेको तथ्य फेला परेपछि संगठित अपराधको कसुरसमेत आकर्षित गरेको जनाएको छ।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार आरोपितहरूमाथि संगठित अपराधअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। उक्त कसुरमा कानुनी व्यवस्थाअनुसार अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ।

रोजगारीको आशामा रहेका युवायुवतीलाई प्रलोभनमा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर