Lucky-Khabar_

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

उनले स्थानीय तहमा जनताको अपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन इमानदार नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, स्थानीय स्तरमा रास्वपाको घण्टी चुनाव चिह्नलाई समर्थन गर्दै पार्टीलाई अवसर दिए जनताको चाहनाअनुसार विकास र परिवर्तनका लागि काम गर्न सकिने विश्वास व्यक्त गरे।

content ad p2

कार्यक्रममा रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा रौतहट क्षेत्र नं. २ का कार्यवाहक सभापति विवेक पटेल (गुड्डु) तथा राजपुर नगरपालिकाका रास्वपा नगर सभापति सरफराज,सह सचिव समसाद,वडा ५ का सभापति जुनैद,रजिक र अब्दुल सजिक लगायत पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

भेटघाटका क्रममा स्थानीय समर्थक तथा शुभचिन्तकहरूसँग समसामयिक राजनीतिक विषय, पार्टीको भूमिका र स्थानीय विकासका सम्भावनाबारे छलफल गरिएको थियो।

उक्त भेटघाटलाई रौतहटमा पार्टी संगठन विस्तार, समर्थकहरूसँगको सम्बन्ध सुदृढीकरण तथा स्थानीय स्तरमा राजनीतिक संवादलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा लिइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर