१० फागुन,वीरगञ्ज । भूमि सुधार तथा मालपोल कार्यालय बीरगन्जले जग्गा नाप जाँच भएर जग्गा छुट र दर्ता बाँकी रहेका जग्गावालाहरुले आफ्नो सम्पूर्ण कागजातसहित मालपोतमा सम्पर्क गर्न सूचना जारी गरेको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन भइ तोकिएको मितिभित्र मालपोत कार्यालय पर्सामा सूचना आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरिएको छ ।
मालपोतले निकालेको सूचनामा क्षेत्रीय किताब( फिल्ड बुक) को प्रमाणित प्रतिलिपि, नक्साको प्रमाणित प्रतिलिपि, साबिक लगत, १ नम्बर लगत, २ नम्बर अनुसूची, ७ नम्बर फाटवारी, भूमि सुधार लागु हुँदा भरेको हदबन्दी फारम, सम्बन्धित तहको हकभोग अवस्था सम्बनधी किटानी सिफारिस, छुट जग्गा दर्ता नामसारी भए साबिक दर्तावालासंग नाता खुलेको प्रमाणको प्रतिलिपि र हकदार विवरण खुलेको स्थानीय तहको सक्कल किटानी सिफारिससहित सम्पर्क गर्न गरिएको छ ।
त्यसतै मृत्यु दर्ता र नाता प्रमाणित पत्रको सक्कल किटानी सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, साविक मौजा, खोला कितासंग भिड्ने विवरण, रैति नम्बर, नक्सा नम्बर, जग्गा सर्बे नापिका बखत नाप नक्सा भएको विवरण, तिरेको निस्सा र माग दाबीलाई पुष्टि गर्ने अन्य आवश्यक कागजातसहित सम्पर्क गर्न भनिएको छ ।


