२६ वैशाख, वीरगन्ज । कानुन दिवस आज विभिन्न कार्यक्रम गरी देशभरी मनाएको छ । विकृति विसङ्गति तथा भ्रस्टचारमुक्त न्यायपालिका : व्यवसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा भन्ने नाराका साथ कानुन दिवस मनाएको छ
।कानुन दिवसको अवसरमा एसोसियसनले विहान ७ बजे देखि वीरगन्जको घण्टाघर चौकमा बारको अध्यक्ष अभिवक्ता कमल मोहन पोख्रेल उपाध्यक्षश्याम सुन्दर दास,भूपू बार अध्यक्ष पनालाल गुप्ता र अभिवक्ताअनिरुद्ध प्र.सिंह हरुको उपस्थितिमा सम्बोधन कार्यक्रम गरि प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरि मनाएको छ ।

कसरी मानाईन्छ कानुन दिवस
बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै अईरको हो ।
यस दिवसका दिन तिनै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा विदा हुने गर्दछ । प्रजातान्त्रीक अभ्यासमा राज्य चलाउन मुख्य तिनवटा अंगहरु ब्यवस्थापिका, कार्यपालिका र न्यापालिका हुन, न्यायपालिकाको मुख्य कार्य भने न्याय प्रदान गर्नु र विधीको शाषन स्थापित गर्नु हो ।
सर्वोच्च अदालत परिसरमा दिउँसो बिशेष कार्यक्रम आयोजना गरिन्छ भने देशभरिका न्यायलयसंग समबन्धीत सस्थाहरुमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ।
कानुन दिवसको पृष्ठभुमी
नेपाली न्यायको इतिहास मल्लकालिन न्याय व्यबस्था, राम शाहका पालामा न्याय नपाए गोर्खा जानु भन्ने उखान हुँदै मुलुकी ऐन अनि संविधानका चरणहरु हुँदै यहाँ आइपुगेको हो।
कानुन दिवस,इतिहास हेर्दै जाँदा २००७ सालसम्म कार्यपालिका, न्यायपालिका अनि ब्यबस्थापिका तिनै अगंहरु राणा शाषकका हातमा रहेकामा फाल्गुन ७ को क्रान्ती सफल भएपछी बैशाख २६ गते २००७ सालमा पहिलो पटक केन्द्रिय न्यायलय स्थापना गरेर नेपालले स्वतन्त्र न्यायपालिका पाएको दिन हो ।
सुस्तरि वि सं २००९ मा प्रथम र एतिहासिक न्यायालय ऐन २००८ जारी भयो । उक्तऐनले प्रधान न्यायालयबाट गरिने फैसला आदेशहरु अकाट्य र अन्तिम हुने कानूनीब्यवस्था गरेको थियो।यो नै आजको दिनसम्म आईपुगेको नेपालको स्वतन्त्र न्यायालयकोप्रस्थान विन्दु हो भनि मानिएको हो ।


