Lucky-Khabar_

महिला बिकाश तथा टोलबासीको पहलमा टोलमा खानेपानी पाईप बिस्तार कार्य शुरु

४ जेष्ठ,बिरगंज| झरिमाई महिला बिकाश तथा टोलबासीको पहलमा टोलमा खानेपानी पाईप बिस्तार कार्य उधघाटन भएको छ |

content ad p2

बिरगंज न्या बसपार्कदेखि उतर टोलमा गत सालदेखि नै गर्मीको शिजन आएदेखि नै खानेपानीको चापाकल सुकेर पानीको हाहाकार भएको थियो | टोलाबासिको अनुरोधमा बिरगंज महानारपालिका वडा न. १५का वडा अधयक्ष रमेश यादवको पहलमा अस्थाई सार्वजनिक सरकारी १/२(आधा)ईन्चको कालो पाईप जडान भएको थियो |यसपाली पनि पानीको हाहाकार भएपछी टोलबासीमा त्राश उतपन्न भयो |

त्यसैले अहिले आएर श्री झरिमाई महिला बिकाश समाज बिरगंज महानगरपालिका-१५ र टोलबासीको बिशेष पहलमा नेपाल खानेपानी संस्थान बिरगंजद्वारा टोलमा चापाकल पानि दिन छोडेपछि खानेपानीको हाहाकार भईरहेकोले खानेपानीको सहजीकरणकालागि बिरगंज न्या बसपार्कदेखि उतर टोलमा पाईप बिस्तार हुने कार्य शुरु भएको छ |पाईप बिसातार कार्यको लागि ढलान रोड फोडने कार्यको श्री झरिमाई महिला बिकाश समाजका अधयक्ष आर्य शशिकला राउत(प्रिया)ले,बिभिन्न महिला पदाधिकारीहरु सहित मेशिनको पुजापाठ गरि उधघाटन गरेकी छिन|
उधघाटन कार्यमा बिशेष सहयोगीहरु टोलका अध्यक्ष अजब लाल साह,गंगा साह,बिशाल ठाकुर,राकेश साह,रोशन यादव,अवधेश प्र.गुप्ता र रास्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश यातायात प्रमुख राम आर्यको उपस्थिति थियो |अब पाईप जडान भएपछी ३,४ दिनमै छिटै खानेपानीको सहज हुन्छ भने बिश्वास छ | नेपाल खानेपानीका ईन्जिनियर सन्दिप यादवका अनुसार ज्योति निर्माण सेवा राजविराज बिरगंज शाखाका ईन्चार्ज बिजेन्द्र चौधारी मार्फत हुनेछ भनि रास्वपाका नेता राम आर्यले यस लक्की खबरलाई जानकारी दिएको छ |

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर