Lucky-Khabar_

पर्सा प्रहरीले लागु औषध सहित तीन जना पक्राउ

असार ७ बिरगंज  । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ हनुमानचोकस्थित एक ट्रकबाट प्रतिबन्धित लागु औषध सहित तीन जना पक्राउ गरेको छ ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई असार ६ गते साँझ १८:२५ बजे रोकी तलासी गर्दा चालक बस्ने सिट पछाडिको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाईछिपाई राखिएको Onerex 100ml को २२२ बोत्तल फेला पारेको थियो भने प्रहरीले जनाए ।

पक्राउ परेका अभियुक्तहरूमा मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ७ का ३२ वर्षीय अजय रोक्का, ३० वर्षीय दिपेन्द्र अधिकारी र पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २ का १९ वर्षीय विकाश सर्राफ रहेका छन्। उनीहरूलाई असार ६ गते नै पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाइ पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  दिपक भारतीले जानकारी गराउनु भएको छ|

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर