Lucky-Khabar_

गाँजा ठूलो मात्रामा बरामद , दुई जना पक्राउ

१६ असार,बारामा २ सय १ केजी अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठूलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइ राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

content ad p2

बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी बाट अवैध लागू औषध गाँजा झारी कलैया तर्फ जादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फलोअप गरेको थियो ।

प्रहरीले पिकअप लाई नियन्त्रणमा लिए पछी चालकले साहको घरमा गाडी बाट गाँजा झारेर आफुहरु फर्किएको बताएका थिए । प्रहरीले साहको घर बाट दुई सय एक केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता डी.एस. पी. दधिराम न्यौपानेले जनाए  ।

पक्राउ पर्नेमा पिकअप चालक धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने रमेश नेपाली रहेका छन् । उनीहरु दुई जनालाई नियन्त्रणमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर